+
+

सगरमाथामा दुई मंगोलियन आरोही बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १४:२०

१ जेठ, काठमाडौं । सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् ।

उनीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराइरहेको खबर आएको उनले जानकारी दिए । उनीहरूको खोजी प्रयास भइरहेको उनले बताए ।

अहिले सगरमाथा सहित हिमालमा आरोहण चलिरहेको छ । यो क्रम आगामी १५ दिनसम्म जारी रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?