+
+

‘पुजार सार्की’को मर्मस्पर्शी गीत ‘जाऊँ माया’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १५:५१

काठमाडौं । जेठ १० गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पुजारको रोलमा देखिएका आर्यन सिग्देल र उनकी प्रेमिकाको रुपमा रहेकी अञ्जना बराइलीको सम्बन्धको भावलाई प्रस्तुत गरिएको छ ।

साथै, गीतमा मैतबहादुरको भूमिकामा रहेका प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि दर्शाइएको छ । गीतमार्फत अन्तरजातीय प्रेम प्राप्तीको जटिल सम्बन्धलाई देखाउन खोजिएको छ ।

यस अघि रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । यो गीतले दुःखका भाव व्यक्त गरेको छ । गीतमा बी पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर छ ।

गीतलाई सुवास भुसालको सङ्गीतले मर्मस्पर्शी तुल्याएको छ । यो फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालको पनि अभिनय छ ।

दिनेश राउत निर्देशित फिल्मले जातीय विभेदविरुद्धको संघर्षको कथा पेश गर्छ । फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले सामाजिक कथावस्तुको ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?