
१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना प्रस्तुत गरेका हुन् ।
अहिले शिक्षकहरूले चाैमासिक रूपमा तलब पाउँदै आएका छन् ।
शिक्षकलाई राजनीतिक दलसँग आवद्ध हुन नदिने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने घोषणा पनि सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4