+
+

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १८:११

१ जेठ, काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसलगत्तै  राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक बसेको थियो ।

तर सभामुख देवराज घिमिरेले बैठक सुरु भएको बताएलगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गरे । सभामुखले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको बताए ।

सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दै उनले अगाडि भने, अध्यादेशलाई पहिलो दिन नै टेबल गर्नुपर्ने व्यवस्था छ । त्यो पनि हामीले गरेका छैनौं ।’

कांग्रेस सांसदहरुले भने संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरे ।

लगातार नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरे । अर्को बैठक ३ जेठका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?