
काठमाडौं । २०७८ सालको पुस ३० गते हलमा रिलिज भएको नेपाली फिल्म ‘चपली हाइट ३’ ले दर्शकबाट सुखद समीक्षा प्राप्त गर्यो । तर कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञाले फिल्मको प्रदर्शन प्रभावित बन्यो ।
थ्रिलर कथावस्तुमा बनेको यो फिल्मलाई दर्शकले अब डिजिटल प्लाटफर्ममा हेर्न पाउने भएका छन् । अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको यो फिल्म मंगलबारदेखि ओटीटीमा रिलिज भएको छ ।
सिनेमाघर एपका सब्सक्राइबरले यो फिल्म उक्त प्लाटफर्ममा हेर्न सक्नेछन् । सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको यो फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
‘चपली हाइट ३’ पछि निर्माता अर्जुन कुमार निर्देशक खड्कासँग आगामी फिल्ममा सहकार्यको तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4