+
+

ललितपुरमा पार्किङ गरेका गाडी श्रृंखलाबद्ध रुपमा चोरी, १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १४:१४

२ जेठ, काठमाडौं। ललितपुरमा पार्किङ गरेर राखेका गाडीहरु श्रृंखलाबद्ध रुपमा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महानगरपालिका–२ सानेपा बस्दै आएका २९ वर्षीय गणेश बहादुर गौतम छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काभ्रे प्रहरीसँग समन्वय गरेर उनलाई काभ्रेको भुम्लु गाउँपालिका–१० बाट पक्राउ गरेको हो ।

ललितपुरमा पार्किङ गरेर राखेका बा १५ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडीहरु श्रृंखलाद्ध रुपमा चोरी भएको थियो । जसमध्ये बा १५ च ९८२५ र बा १२ च ४७०६ गाडीहरु नैकाप र सतुङ्गलमा बेवारिसे अवस्थामा दुबै गाडीको ब्याट्र निकालिएको अवस्थामा भेटिएको थियो ।

तयसैगरी बा ७ च ७७० नम्बरको को पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोला धादिङबाट नियन्त्रणमा लिइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए ।

पक्राउ परेका गौतमविरुद्ध चोरीको कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?