+
+

एप्पलले किन्यो तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्मको विश्वव्यापी राइट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १४:२५

काठमाडौं । सगरमाथा आरोहणबारे कथानक फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले किनेको छ । कान्स फिल्म मार्केटमा एप्पलले यो फिल्मको खरिद सम्झौता गरेको द हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ ।

विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिं ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उक्त आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

मुख्य पात्र तेन्जिङको भूमिकाका लागि अहिले विश्वव्यापी अडिसन चलिरहेको छ । नेपालमा समेत विभिन्न पात्रको लागि अडिसन भइरहेको छ । ‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गर्नेछिन् । निर्देशक पिडमको सम्बन्ध तेन्जिङको परिवार र शेर्पा समुदायसँग राम्रो रहेको बताइएको छ ।

यो फिल्मको पटकथा विश्वचर्चित हलिउड फिल्म ‘लायन’का लेखक ल्युक डेभिसले लेखेका हुन् । निर्माता कम्पनी सी–स र एप्पलले यसअघि पाँचौं सिजनसम्म चलेको सिरिज ‘स्लो हर्सेज’मा सहकार्य गरेका थिए ।

तेन्जिङका छोरा नोर्बु यो फिल्मका कार्यकारी निर्माताको रुपमा हुनेछन् । निर्माताको तर्फबाट कान्समा यूटीए इन्डिपेन्डेन्ट फिल्म ग्रुप र क्रस सिटी फिल्म्सले डिल गरेका हुन् । फिल्मको छायांकन सन् २०२५ को वसन्तयामदेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?