
२ जेठ, काठमाडौं । ‘गुणस्तरिय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले एकल प्रदर्शन सुरु गरेका छन् ।
उनले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर प्रदर्शन गरिरहेका छन् ।
बुधबारबाट प्रदर्शन सुरु गरेका चापागाईंले माग पूरा नभएसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएर प्रदर्शन गर्ने बताएका छन् । बुधबार उनको मागमा ऐक्यवद्धता जनाउँदै विभिन्न व्यक्तिले उभिएर साथ दिएका छन् ।
शिक्षाको जग प्रारम्भिक बाल विकास कक्षा भएकोले सबैभन्दा दक्ष जनशक्ति र उच्च सेवा सुविधा दिनुपर्ने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4