+
+

सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १५:०२

२ जेठ, काठमाडौं । सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव बुधबार राष्ट्रिय सभामा दर्ता भएको हो ।

प्रस्तावको समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा, नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, एमालेकी भगवती न्‍यौपाने, एकीकृत समाजवादीकी मदनकुमारी शाह, जनता समाजवादी पार्टीका मोहम्द खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह समर्थक रहेका छन् ।

प्रस्तावमा सवारी चालक अनुमति पत्र दिनुअघि सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी दिनुका साथै सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यातायातमैत्री सडक पूर्वाधार, सुरक्षा सतर्कता, सवारीसम्बन्धी कानुनको पालनामा कडाइ गर्नुपर्ने पनि जनाइएको छ । त्यसका साथै सडक दुर्घटनाका घाइतेको उपचारलाई स्वास्थ्य बीमाको अंगका रूपमा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रस्तावमा सडक सुरक्षाका उपकरण र प्रविधि जडान गर्नुपर्ने व्यवस्था मिलाउनुको साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको यातायात क्षेत्र सुरक्षित भएको सन्देश प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?