+
+

एमालेले मदन-आश्रित स्मृति सभा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १९:०१

२ जेठ, काठमाडौं । नेकपा एमालेले भोलि (बिहीबार) देशभर मदन–आश्रित स्मृति सभा गर्ने भएको छ ।

केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृति सभा गर्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

‘भोलि देशभरकै कमिटीहरुले मदन भण्डारी र जिवराज आश्रितको स्मृतिमा विचारगोष्ठी, वृक्षरोपण, पुष्पमाला अर्पणलगायत गतिविधि गर्नेछ’, उनले भने ।

केन्द्रीय कार्यालयले गर्ने स्मृति सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बल्खु जाने भएका छन् ।

विहान ७ः३० बजे सुरु हुने स्मृति कार्यक्रममा सहभागी हुन एमालेले केन्द्रीय नेताहरु, स्थानीय कमिटीका नेताहरु लगायतलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?