+
+

प्रधानमन्त्रीसँग युवा संघ नेपालको १५ बुँदे मागपत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते २०:००

२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १५ बुँदे मागपत्र बुझाएका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर युवा संघ नेपालले युवा, विद्यार्थी, सुशासन र राष्ट्रियतासँग सम्बन्धित १५ बुँदे मागपत्र बुझाएका हुन् ।

संघले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा युवा उद्यमशिलता, निशुल्क शिक्षा केन्द्रीय कार्यक्रम ल्याउन माग गरेका छन् । विशेषगरी रोजगारमुलुक कार्यक्रम बजेटमा आउनुपर्ने संघको माग छ ।

‘समग्र युवाहरुलाई विकासमा परिचालन गर्न तथा उनीहरुलाई रोजगारी –काम) दिने उद्देश्यले डेभलपमेन्ट फोर्स निर्माण गरी समग्र युवाहरुलाई देशको विकास निर्माण तथा उत्पादनशील कार्यमा परिचालन गर्ने नीति ल्याइयोस्.. ’ मागपत्रमा उल्लेख छ ।

सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने, अकुत सम्पत्ति आर्जन गरेकाहरुमाथि छानबीन हुनुपर्ने, पीआर लिएकाहरुको पेन्सन रोक्नुपर्ने समेत माग राखिएको छ ।

सँगै, नेपालको सबै नोटमा चुच्चे नक्सा राख्नुपर्ने युवा संघको मागपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?