+
+

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय

दलमा खगराजलाई पहिलो वरियता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १०:१५

३ जेठ, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ ।
प्रदेशसभा सदस्य ओमविक्रम भाटले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ । बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए ।

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदैछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?