+
+

सिरहामा कोदालो प्रहार गरी एकजनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १२:५२

३ जेठ, जनकपुरधाम । सिरहामा जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।

बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला बिहीबर बिहान ८ : २० बजे स्थानीय बचाई महतोले कोदालो प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

बचाई महतो फरार भएका छन् । प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो । बुधराम बिहीबार बिहानै केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए ।

त्यही क्रममा बचाई पुगेपछि विवाद भएको थियो । सोही क्रममा बचाईले बुधराममाथि कोदालो प्रहार गरेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?