+
+

तनहुँको घुम्ती-रानीटारी खण्डको ९ किलोमिटर सडक स्तरोन्नति गरिँदै

रासस रासस
२०८१ जेठ ३ गते १३:५२

३ जेठ, तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।

व्यास नगरपालिका-५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो ।

उक्त मार्गले व्यास-५ को रानीटारी, म्याग्दे-७ र ३ हुँदै पृथ्वीराजमार्गसँग जोडिने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कुल एक हजार नौ सय ५० मिटर ढलान सडकमध्ये एक हजार छ सय मिटर सम्पन्न भइसकेको छ ।

चालु वर्षमा सडक ढलान कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी एमएस गुल्मेश्वर/पाण्डे एण्ड कम्पनी’नयाँयुग जेभीका इन्जिनियर मिलन जिसीले जानकारी दिए ।

उनका अनुसार उक्त मार्गमा निर्माण गरिने साढे नौ किलोमिटर नालामध्ये अब आठ सय मिटरमात्रै बाँकी छ । ‘करिब आठ किलोमिटर मार्गमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ’, उनले भने, ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति हासिल भइसकेको छ ।’ उक्त मार्गमा दैनिक ६५ जना जनशक्ति परिचालन गरी निर्माणलाई तीव्रता दिइएको इन्जिनियर जिसीले बताए ।

भ्याटसहित रु ३४ करोड ५८ लाख ५० हजार दुई सय ८५ मा ठेक्का सम्झौता गरी निर्माण कम्पनीले काम अघि बढाएको हो । विसं २०८० जेठ ९ मा सम्झौता गरी उक्त निर्माण कम्पनीले विसं २०८२ फागुन ९ गते सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

निर्माणले गति लिएको हेर्दा सम्झौताअगावै सम्पन्न हुने सम्भवना देखिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार कुल सडकमार्गमध्ये सवग्रेड र सवबेसको सात सय मिटर काम बाँकी रहेको छ भने नाला र स्टक्चरको काम सम्पन्न गरिसकिएको छ । उक्त मार्गमा गरिएको ढलानको चौडाइ २० सेन्टिमिटर  र कालोपत्र चार सेन्टिमिटरको हुनेछ ।

गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माणकार्य थालिएको र हालसम्म कार्यप्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?