+
+

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १७:१७

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते दिउँसो १ः१५ बजे बस्ने छ ।

नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?