
३ जेठ, विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता नारायणप्रसाद वस्ती नियुक्त भएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले विराटनगरका एमाले निकट कानुन व्यावसायी वस्तीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
वस्ती नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा व्यवसायिक कानुन व्यवसायी संगठनका कोशी संयोजक हुन् । बिहीबार नियुक्त भएलगत्तै उनले प्रदेश प्रमुखबाट शपथ ग्रहण पनि गरेका छन् ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई पदमुक्त गरेपछि नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई न्यायाधिवक्ता नियुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4