+
+

प्रतिपक्ष जिम्मेवार भएन : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १९:०७

३ जेठ, काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले प्रतिपक्ष दल जिम्मेवार नहुँदा संसद्‌मा अराजनीतिक गतिविधि देखिएको बताएकी छन् ।

सरकारको प्रवक्तासमेत रहेकी शर्माले प्रतिपक्ष दल कांग्रेस आफ्नो ‘रो’ छोडेर सरकारको ‘रो’मा प्रवेश गरेको बताएकी छन् ।

संसद् भवनबाट बाहिरिंदा पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भनिन्, ‘गृहमन्त्रीलाई बोल्नै नदिने, प्रश्नको जवाफ दिनै नदिने र संसद्‌मै धकेलाधकेल गरेर प्रतिपक्ष दलले गैरजिम्मेवार काम गर्‍यो ।’

आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र सत्तापक्ष दलका सांसदबीच धकेलाधकेल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?