
३ जेठ, काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले प्रतिपक्ष दल जिम्मेवार नहुँदा संसद्मा अराजनीतिक गतिविधि देखिएको बताएकी छन् ।
सरकारको प्रवक्तासमेत रहेकी शर्माले प्रतिपक्ष दल कांग्रेस आफ्नो ‘रो’ छोडेर सरकारको ‘रो’मा प्रवेश गरेको बताएकी छन् ।
संसद् भवनबाट बाहिरिंदा पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भनिन्, ‘गृहमन्त्रीलाई बोल्नै नदिने, प्रश्नको जवाफ दिनै नदिने र संसद्मै धकेलाधकेल गरेर प्रतिपक्ष दलले गैरजिम्मेवार काम गर्यो ।’
आजको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र सत्तापक्ष दलका सांसदबीच धकेलाधकेल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4