+
+

छोराको हत्या गरी फरार महिला बीरगञ्जबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १९:०६

३ जेठ, पर्सा । वीरगञ्ज प्रहरीले छोरा हत्या गरी फरार रहेकी एक जना अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ बस्‍ने २२ वर्षीया महिला आरती कुमारी रहेकी छिन् ।

उनलाई बिशेष सूचनाको आधारमा वीरगञ्ज प्रहरीले जेठ १ गते पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान सम्बन्धी मद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनी २०८० साउन २७ गते विहान घरमा कोही नभएको बेला ५ महिनाको छोराको घाँटी थिचेर हत्या गरी फरार भएकी थिइन् ।

प्रहरीका अनुसार उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?