+
+

गुल्मीको रिडीमा बस दुर्घटना, १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १९:२४

३ जेठ, गुल्मी । पोखराबाट गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा १३ घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडकखण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना परेको हो । बस सडकबाट अन्दाजी ५०÷६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

दुर्घटनामा परेर घाइते भएकारुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?