+
+

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते २०:२४

काठमाडौं । महिला सशक्तीकरण प्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ ।

बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमलाई एउटै छाताभित्र ल्याएको हो ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।

यस पहल अन्तर्गत आगामी ७ वर्षमा कुल ३५ लाख रुपैयाँ रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेसन ट्रस्टसँग समझदारी गरेको छ ।

सो रकमले देशभरिका समता स्कुलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरूले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसै गरी बैंकले आगामी ५ वर्षसम्ममा १ करोड रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

कोष मार्फत सोही विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरूको संख्या वर्षेनी बढाउँदै लगिने छ ।

यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एमई स्ट्रकचरल इन्जिनियरिङ) र सुनेना न्याछ्योँ (एमएससी ई एस) हाल अध्ययनरत छन् ।

यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा देशभरिका प्रहरी विद्यालयहरूमा अध्ययनरत योग्य छात्राहरूलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?