+
+

सुनसरीमा प्रहरीले गोली चलायो, एक लागूऔषध कारोबारी घाइते, अर्का पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते २१:४१

३ जेठ, काठमाडौं । सुनसरीमा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई समातेको छ ।

ब्यूरोका अनुसार, सप्तरीको सप्तकोशी नगरपालिका–५ बस्ने ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको ब्यूरोका अधिकृतहरुको दाबी छ । प्रहरीका अनुसार, सुनसरीको रामधुनी नगरपालिका–६ मा लागूऔषध कारोबारीलाई समात्न जिल्ला प्रहरी कार्यालयसँग मिलेर संयुक्त अपरेशन चलाइएको थियो ।

त्यसक्रममा एक जना पक्राउ परे भने अर्का भाग्न खोज्दा गोली चलाउनुपरेको ब्यूरोका अधिकृतहरु बताउँछन् । ब्यूरोका एसएसपी गोविन्द थपलिया प्रहरी टोलीमाथि आक्रमण हुने स्थितिमा न्यूनतम बल प्रयोग गर्ने व्यवस्था अनुरुप गोली चलाइएको दाबी गर्छन् ।

ब्यूरोले पछिल्लो दुई सातामा तीन जनालाई नियन्त्रणमा लिन गोली प्रहार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?