+

युरो २०२४ खेल्ने फ्रान्सको टोली घोषणा

२०८१ जेठ  ४ गते ८:१२ २०८१ जेठ ४ गते ८:१२
युरो २०२४ खेल्ने फ्रान्सको टोली घोषणा

काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा बयोजजा हुने युरो २०२४ का लागि फ्रान्सको टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पसले युरोका लागि २५ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा विश्वविजेता मिडफिल्डर एन्‌गोलो कान्टेलाई पनि समेटिएको छ ।

३३ वर्षीय कान्टेले २०२१८ को विश्वकप जित्दा प्रभावशाली प्रदर्शन गरेका थिए तर २०२२ यता फ्रान्सका लागि खेलेका छैनन् । हाल उनी साउदी क्लब अल-इतिहाडबाट खेलिरहेका छन् ।

प्रिमियर लिग क्लब चेल्सीका लागि खेल्दा उनले चोटसँग संघर्ष गरेका थिए । तर फ्रान्सेली प्रशिक्षक डेसच्याम्सले उनको अनुभवले टिमलाई फाइदा हुने बताएका छन् । ‘उनले युरोलियन लिगमा नभएपनि साउदीमा पूरा सिजन खेलेका छन् । उनी पूर्ण फिट छन् र उनको अनुभवले फ्रान्सको टिमलाई बलियो बनाउँछ’, डेसच्याम्पले भनेका छन् ।

यस्तै फ्रेन्च लिग वानमा उत्कृष्ट प्रदर्शन गरेका पीएसजीका युवा खेलाडीद्वय १८ वर्षीय वारेन जैयर-एमेरी र २१ वर्षीय ब्राडली बार्कोला पनि युरो का लागि घोषित टिममा समावेश छन् ।

यी युवा खेलाडी फ्रान्सको फरवार्ड लाइन पनि अनुभवी र बलियो छ । जहाँ कप्तान केलियन एमबाप्पेसहित अनुभवी खेलाडी एन्टोइन ग्रिजमन, ओलिभर जिरुड, उसमान डेम्बेले, किंग्सले कोमनजस्ता खेलाडी छन् ।

फ्रान्स उपाधिको दाबेदार मध्ये एक हो र तेस्रो पटक उपाधि जित्ने अभियानमा हुनेछ । फ्रान्सले यसअघि १९८४ र २००० मा युरो जितेको थियो । फ्रान्सले जुन १७ मा अष्ट्रियासँग खेल्दै युरोकप सुरु गर्नेछ ।

फ्रान्सको टोली

गोलकिपर : अल्फोन्से एरोला (वेस्ट हम), माइक मैगनन (एसी मिलान), ब्रिस साम्बा (लेन्स)

डिफेन्डर : जोनाथन क्लाउस (मार्से), इब्राहिम कोनाटे (लिभरपुल), विलियम सलिबा (आर्सनल), जुल्स कुन्डे (बार्सिलोना), थियो हर्नान्डेज (एसी मिलान), फर्ल्यान्ड मेन्डी (रियल मड्रिड), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), डेयोट उपमेकानो ( बायर्न म्युनिख)

मिडफिल्डर : एन्‌गोलो कान्टे (अल-इतिहाद), एडुआर्डो कामाभिङ्गा (रियल मड्रिड), एन्टोइन ग्रिजम्यान (एट्लेटिको मड्रिड), एड्रियन राबियोट (युभेन्टस), ओरेलियन चुवामेनी (रियल मड्रिड), वारेन जाइरे-इमेरी (पेरिस सेन्ट-जर्मेन), युसुफ फोफाना (मोनाको)

फरवार्ड : केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन), ब्राडली बारकोला (पेरिस सेन्ट जर्मेन), उसमान डेम्बेले (पेरिस सेन्ट जर्मेन), किङ्सले कोमान (बायर्न म्युनिख), मार्कस थुराम (इन्टर मिलान), रान्डल कोलो मुआनी (पेरिस सेन्ट-जर्मेन) जर्मेन), ओलिभर गिराउड (एसी मिलान)

फ्रान्स फुटबल टिम युरो कप युरोकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय