
४ जेठ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । ६ जना संस्थापकहरूले सो सेयर बिक्री गर्न लागेको बैंकले सार्वजनिक सूचनामार्फत जनाएको छ ।
विद्यमान अन्य संस्थापक सेयरधनी खरिद गर्न इच्छुक नभएपछि अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई सेयर खरिदका लागि प्रस्ताव गरिएको हो । इच्छुक व्यक्ति तथा संघसंस्थाले ७ दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन सक्ने बैंकले जनाएको छ ।
यस बैंकको दोस्रो बजारबाट अन्तिम पटक संस्थापक सेयर कारोबार हुँदा मूल्य प्रतिकित्ता १३१ रुपैयाँ ५० पैसा छ । साधारण सेयर मूल्य १५७ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4