+
+

सवारीसाधन कर्जा लिन सहज, जोखिम भार १०० प्रतिशतमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १०:५८

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने उल्लेख गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ । यसले सवारीसाधनमा कर्जा प्रवाह गर्न बैंकहरूलाई प्रोत्साहन मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?