+
+

राष्ट्र बैंकले भन्यो : शिथिल घरजग्गा कारोबार र सहकारी समस्याले आर्थिक वृद्धिदर कम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १२:०२

४ जेठ, काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताका कारक सहकारी समस्या र घरजग्गा कारोबारमा देखिएको शिथिलता पनि रहेको राष्ट्र बैंकले बताएको छ ।

पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसक्नु तथा उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जाँदा आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको बताउँदै आएको थियो ।

तर, बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सहकारी समस्या तथा घरजग्गाको कारोबारमा देखिएको शितिलताले पनि अर्थतन्त्रमा समस्या देखिएको र नेपालको समग्र आर्थिक वृद्धिदर कम रहने देखिएको बताएको छ ।

‘घरजग्गा कारोबारमा देखिएको शिथिलता, सहकारी क्षेत्रमा देखिएका समस्या, पूँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा उल्लेख्य संख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानु लगायतका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको स्थिति छ,’ मौद्रिक नीति समिक्षामा भनिएको छ, ‘यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको छ ।’

घरजग्गा कारोबार देखिएको शिथिलता र सहकारी समस्याले आर्थिक गतिविधिमा समेत समस्या भएको संकेत राष्ट्र बैंकले गरेको आर्थिक अनुसन्धान विभाग प्रमुख डा.प्रकाश कुमार श्रेष्ठ बताउँछन् ।

घरजग्गाको कारोबार शिथिलता र सहकारी समस्या अन्तरसम्बन्धित रहेको समेत उनले बताए । घरजग्गाको कारोबार राम्रो हुँदासम्म सहकारी समस्या नभएको र कारोबारमा शिथिलताले सहकारी समस्या देखिएको श्रेष्ठ बताउँछन् । ‘विगतदेखि नै सहकारीले घरजग्गामा लगानी गरेका थिए भन्ने देखिन्छ । घरजग्गाको मूल्य र कारोबार बढ्दासम्म समस्या भएन,’ उनले भने, ‘अहिले घरजग्गाको कारोबारमा शिथिलता आउँदा लगानी फसेर सहकारीमा समेत समस्या देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?