+
+

प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १२:५३
फाइल तस्वीर

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक रोक्न प्रमुख विपक्षी दलहरुले शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गर्न माग गरेका छन् ।

सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार एक घण्टादेखि सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीच बैठक जारी छ । विपक्षी दलले प्रतिनिधि सभाको बैठक रोक्न माग गरेको छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । दलहरुबीच कुरा नमिल्दा पौने एक बजेसम्म प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन ।

बिहीबारको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

यस्तो मागमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका दलहरुसमेत सहमत भएका छन् ।

यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?