+
+

कीर्तिपुरमा २ समूहबीच ग्याङफाइट, खुकुरीसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १४:४६

४ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिका-१० नयाँबजारमा दुई समूहबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइटमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।

२ जेठमा साँझ ७ बजेको समूहमा नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो । खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका २१ वर्षीय धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरी छन् ।

त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोका छन् ।

प्रहरीले उनीहरुबाट खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका सुदीप गिरीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

तपेन्द्रराज खाती र धनेश्वर खड्काबीचको पुरानो रिसइबीका कारण दुई समूहबीच झडप भएको पाइएको प्रवक्ता अधिकारीले बताए । दुई समूहबीच झडप हुँदा कीर्तिपुर नगरपालिका–१० चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठलाई कैलालीको घोडाघोडी नगरपालिका–१० घर भएका तपेन्द्रराज खातीले घाइते बनाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट श्रेष्ठको बाँया हातमा पूर्ण क्षति पुगेको बताइएको छ । बागमती प्रदेश–०२–०४० प ४०४७ नम्बरको होण्डा हर्नेट मोटरसाइकल र अल्फाबेट नखुलेको ८४०२ नम्बरको पल्सर मोटरसाइकल चढेर केही व्यक्ति फरार रहेको भन्ने खबर प्राप्त भएपछि अनुसन्धानमा खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?