
४ जेठ, काठमाडौं । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उनको कोठाबाट बरामद भएको हतियार घरेलु कटुवा पेस्तोल रहेको खुलेको छ । पक्राउ परेका दर्नालविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4