+
+

न्युयोर्कमा आज नेपाल डे परेड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ७:२३

६ जेठ, न्युयोर्क । अमेरिकाको न्युयोर्कमा नेपाल डे परेड गरिने भएको छ । गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाहरुको सहभागितामा आइतबार म्यानहाटन सहरमा परेड गर्न लागिएको हो ।

नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले वक्तव्य जारी गर्दै नेपाल डे परेडमा सहभागी हुन प्रवासका सम्पूर्ण नेपालीलाई आव्हान गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘परेडले अमेरिकामा नेपाल र नेपालीका लागि आफ्नो पहिचान, एकता र अस्तित्व स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।’

गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको आयोजना एवं स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समर्थनमा नेपाल डे परेड हुन लागेको हो । कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रवर्धनसँगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन मद्दत गर्ने श्रेष्ठले दाबी गरेका छन् ।

सन् २०१६ देखि प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसर पारेर नेपाल डे परेड गरिँदै आएको छ । परेडमा न्युयोर्कलगायत न्युजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता हुने गरेको छ । परेडमा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी समेत गरिनेछ । परेड म्यानहाटन शहरमा र्‍याली र बाजागाजा सहित परिक्रमा पछि बृहत सभा गरिनेछ ।

परेडका लागि टेम्बा शेर्पालाई कन्भेनर तोकिएको छ भने सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समितिहरु निर्माण गरिएको परेड एवं एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?