+
+

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन १६ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ११:०९

६ जेठ, काठमाडौं । सुनको भाउले आइतबार फेरि उच्च रेकर्ड बनाएको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय घटेको थियो । आइतबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि असर परिरहेको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?