+
+

पछिल्लो साता कुन-कुन गीत युट्युब ट्रेन्डिङमा छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १३:२९
रीता थापा मगरको नयाँ गीत ‘जाम भन्यो मलाई’मा प्रकाश सपुत र सनिशा भट्टराई

काठमाडौं । पछिल्लो साता युट्युब ट्रेन्डिङमा नाम चलेका कलाकारको गीतको दबदबा देखिएको छ । साताअघि रिलिज भएको शान्तिश्री परियारको ‘बस्यौ अलक्कै’ ट्रेन्डिङको संगीत खण्डतर्फ शीर्षस्थानमा छ ।

अर्जुन सापकोटाद्वारा संगीतबद्ध गीतमा शान्तिश्री र सापकोटाको स्वर छ । यो गीतलाई ७ लाख ७६ हजार पटक हेरिएको छ । गीतमा गरिमा शर्मा समेत फिचर्ड छिन् ।

ट्रेन्डिङको दोस्रो स्थानमा रीता थापा मगरको गीत ‘ए आमा जाम भन्यो मलाई’ स्ट्रिमिङ छ । प्रकाश सपुत र सनिशा भट्टराले अभिनय गरेको यो गीतलाई साढे ४ लाख पटक हेरिएको छ । लोकभाकामा रुचि राख्नेका लागि यो गीत प्रिय लाग्न सक्छ ।

रीताकै संगीत र स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ । यो गीतको भिडियोमा सपुत लाहुरेको रोलमा छन् ।

हिपहप गायक भिटेनको नयाँ गीत ‘डन्ट जज मी’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । तीन साताअघि रिलिज भएको यो गीतलाई १९ लाख पटक हेरिएको छ । यो गीतलाई लिएर मिश्रित प्रतिक्रिया छ । कतिपयले छाडा गीत भन्दै यसको विरोध गरेका छन् भने कतिपयले तन्नेरी पुस्ताको बोलीचालीलाई भिटेनले उतारेको भन्दै प्रशंसा गरेका छन् ।

ट्रेन्ड्रिङको चौथो स्थानमा उर्गेन दोङको ‘झुमा’ स्ट्रिमिङ छ । दोङले आफ्नो चर्चित लवज र शैलीमा यो गीत बुनेका छन् । ६ लाख ५७ हजार पटक हेरिएको गीतले प्रेमिल भाव व्यक्त गर्छ । दोङकै संगीत, शब्द र संयोजनमा तयार भएको गीतमा उनलाई अन्नु चौधरीले साथ दिएकी छन् ।

पाँचौ स्थानमा अनु चौधरीको हिन्दी गीत ‘तु पेहेला प्यार’ स्ट्रिमिङ भइरहेको छ । ६ लाख १३ हजार पटक हेरिएको यो गीत गायिका अन्नुसँग सरोज पोखरेल र सुरेश लामाको पनि सहकार्य छ ।

छैटौ स्थानमा भारतीय फिल्म ‘पुष्पा २’ को लिरिकल गीत, सातौंमा प्रकाश सपुत फिचर्ड ‘जाऊँ साइँली बेनी बजार’, आठौंमा आतिफ अस्लम र श्रेया घोषालको हिन्दी गीत ‘पिया ओ रे पिया’ छ ।

१० दिनअघि रिलिज भएको एलिना चौहान र विष्णु सापकोटाको गीत ‘आमा’लाई ४ लाख ३७ हजार पटक हेरिएको जुन ९ औं नम्बरमा छ । यसपछि क्रमशः थारु, भोजपुरी भाषाका गीत पनि ट्रेन्डिङमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?