+
+

फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक, राष्ट्रिय सभा बस्दै नबसी स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १६:०७

६ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय फेरि सरेको छ । आइतबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो ।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको बैठक फेरि सरेको हो । अर्को बैठक साढे ४ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी स्थगित भएको छ । दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको थियो । सवा ३ बजे बस्ने भनिएको बैठक पनि बस्दै नबसी सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

गत शुक्रबार पनि संघीय संसदको दुवै सभाको बैठक बस्न सकेको थिए । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन दलहरु सहमत भएका छन् । तर, संसदीय समितिको कार्यादेश टुंगो लाग्न सकेको छैन ।

कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिएका कारण संसदको बैठक प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?