
६ जेठ, काठमाडौं । खैरो हेरोइनसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१२ का ३२ वर्षीय सचिन राना छन् । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४०५६ नम्बरको यात्रुबाहक बसबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
पाइन्टको खल्तीभित्र प्लाटिकले बेरेर उनले ४८ ग्राम खैरो हेराइन ल्याएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागु औषध मुद्दाको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4