+
+

करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु   

रासस रासस
२०८१ जेठ ६ गते १७:१६

६ जेठ, लमजुङ । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ ।

दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको छ ।

स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीहरुसँग किसेदि खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडेर खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए ।

प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगेको थियो । लमजुङ अस्पताल बेँसीशहरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइसकिको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?