+
+

७ सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी नगराउन सभामुखलाई जसपा नेपालको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १८:२४

६ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले नयाँ पार्टी गठन गरेका सात सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराउन नमिल्ने भन्दै सभामुखलाई पत्र पठाएको छ ।

आइतबार संसद् सचिवालयमा दर्ता भएको पत्रमा प्रधानमन्त्रीले लिने विश्वासको मत र प्रतिनिधि सभाको कुनै पनि गतिविधिमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश नआउन्जेल सामेल गराउन नमिल्ने भन्दै जसपा नेपालले सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले नयाँ पार्टी गठन र त्यसका कामकारबाहीका अवस्था यथास्थितिमा राख्न आदेश गरेको थियो । यही आदेशमा टेकेर जसपा नेपालले सभामुखलाई पत्र लेखेको छ ।

जसपा नेपालले आइतबार नयाँ पार्टीमा गएका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न अर्को रिट सर्वोच्चमा दर्ता गरेको छ ।

अशोककुमार राईलगायत ७ सांसदले जसपा नेपाल छोडेर जसपा गठन गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि, सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?