+
+

विराटनगरको पुष्पलाल चोकमा लक्ष्मी सनराइज बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १९:२७

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

विराटनगर महानगरपालिका-७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ वडा नम्बर ३ स्थित पुष्पलाल चोकमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।

स्थानन्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास बैंकले राखेको छ ।

स्थानन्तरण भएको शाखाबाट ग्राहक तथा व्यवसायीहरूले सबै प्रकारका रिटेल बैँकिङ सेवाहरू प्राप्त गर्ने बैंकले जनाएको छ ।

ग्राहकलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले विर्तामोडमा रहेका दुई वटा शाखालाई गाभेर साविक सनराइज बैंकको स्थान-भद्रपुर लाइन, विर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको बैंकले जनाएको छ ।

त्यसैगरी चितवनस्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा गाभेर साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरूलाई सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?