
६ जेठ, धनगढी । नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले समर्थन गरेका अध्यक्षका उम्मेदवार भरत थापालाई १५ मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल ४२५ मत खसेकामा ओली २१८ मतसहित विजयी हुँदा थापाले २०३ मत पाए । ओलीलाई पार्टी केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज लालबहादुर थापाकाे समर्थन थियो । पदाधिकारीमा पनि ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा जनकबहादुर बाेहरा, सचिवमा काशीबहादुर बिक, उपसचिवमा हरीबहादुर राेकाया र उपसचिव (महिला) मा राजकला सार्की विजयी भएकाे निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4