+
+

तनहुँको दमौलीमा आगलागी, २० सटर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ६:५७

७ जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिका-३, दमौलीमा गएराति भीषण आगलागी भएको छ ।

दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

रायका अनुसार करिब ३ घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तनहुँका सांसद स्वर्णीम वाग्लेले आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तुरुन्तै मुचुल्का उठाई सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?