
७ जेठ,चितवन । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।
शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मंसिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।
चालु आर्थिक वर्षमा चितवनमा ७ वटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा रहेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4