+
+

गुल्मी इस्माका अग्निपीडितका आवास बनाउन ज्यामी अभाव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ९:३४

७ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२, सिदुङ्खाका अग्निपीडितका लागि आवास निर्माण सुरु भएको छ । तर, सम्झौताबमोजिम संरचना बनाउन ज्यामी अभाव भएको छ ।

सिदुङ्खाका अग्निपीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता भएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए । वर्षात् अगाडि नै नयाँ आवासमा सार्ने गरी काम अगाडि बढाए पनि काम गर्ने ज्यामीको अभाव रहेको उनले बताए ।

आगलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख पाउने छन् । त्यसमा गाउँपालिकाले १ लाख र प्रदेश, संघ सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । अग्निपीडितलाई जिन्सी सामानमा टिन र नगद पैसाको आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

गत ८ वैशाखमा सामुदायिक वनबाट लागेको आगलागीबाट सबैभन्दा धेरै क्षति इस्मामा भएको थियो । इस्मा–२ सिदुङखामा मात्रै आगलागीबाट ३० वटा घरगोठ जलेर नष्ट भएका थिए । त्यससँगै मदाने, मुसिकोट, छत्रकोट, रूरू, गुल्मीदरबारमा धेरै क्षति भएको छ । अन्य स्थानीय तहमा आगलागीले क्षति पुर्‍याएको थियो ।

गुल्मीमा गएको वैशाख महिनामा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?