
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ ।
आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवा बैठक डाकेका हुन् ।
कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4