+
+

विराज भट्टले हात्तीवनबाट थाले ‘१२ गाउँ’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १२:३०

काठमाडौं । अभिनेता विराज भट्टले दोस्रो निर्देशकीय फिचर फिल्म ‘१२ गाउँ’को छायांकन ललितपुरको हात्तीवनबाट सुरु गरेका छन् । सोमबार बिहान छायांकनपूर्व फिल्मको मुहूर्त पूजा आयोजना गरिएको थियो, जहाँ कास्ट एण्ड क्रूले सहभागिता जनाए । सेटमा विराजका छोरा समीर पनि देखिए ।

समीरसहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो अभिनेत्री सनिशा भट्टराईले यो फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । साउथ र भोजपुरी फिल्ममा काम गरिसकेका अभिनेता कनिज कोइराला पनि सेटमा देखिए ।

सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको पनि यो फिल्ममा अभिनय रहनेछ । ललितपुर, वीरगञ्ज, हेटौंडा लगायतका थलोमा फिल्म खिच्ने तयारी छ । महेश पौडेलले फिल्म छायांकन गरिरहेका छन् । ४५ दिनसम्म विभिन्न स्थानमा यो फिल्मको छायांकन चल्नेछ ।

फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा चर्चित सिल्भा मास्टरले यसमा द्वन्द्ध निर्देशनको काम गर्नेछन् । एक्सन–थ्रिलर जनरामा यो फिल्म बन्न लागेको हो ।

यो फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?