+
+

सभामुखको भूमिका पदीय गरिमाअनुकूल भएन : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १४:४३

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ ।

विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको हो ।

‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने ।

बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?