+
+

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १९:२०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ३०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन गरेको छ ।

सो अवसरमा बैंकले वित्तीय साक्षरता र्‍यालीका साथै ८ वटा शाखा मार्फत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

६ जेठमा ८ वटा शाखा कार्यालयहरू मार्फत आयोजना गरिएको रक्तदान कार्यक्रम २९५ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

५ जेठमा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम पनि सञ्चालन गरेको छ । प्रभातफेरी कार्यक्रममा केन्द्रीय, प्रादेशिक र शाखा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकले ७  जेठमा देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा ८ जेठमा स्वास्थ्य शिविर र ९ जेठमा आँखा शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले २२, २३ र २४ जेठमा ‘महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२४’ आयोजना गर्ने भएको छ । महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङ्खलामा १६ टिमको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?