+
+

‘फर्की फर्की’ हेरेपछि निश्चल बस्नेत : अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म

देशब्यापी एड्भान्स टिकट विक्री सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते २०:३९

काठमाडौं । अनमोल केसी स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’को देशब्यापी एड्भान्स टिकट बिक्री सुरु भएको छ । मुख्य मल्टिप्लेक्स चेनले सुयोग गुरुङ निर्देशित फिल्मलाई उत्साहजनक शो दिएका छन् ।

क्यूएफएक्स चेनमा कूल शो संख्या ६१ छ । आइएनआईमा १५ र वान सिनेमाजमा ९ शो तय छन् । काठमाडौं र मोफसल टेरिटोरीका हलले फिल्मको टिकट विक्री खुलाएका छन् ।

शो संख्या हेर्दा ओपनिङ उत्साहजनक हुने देखिएको छ । ट्रेलरबाट प्राप्त हाइपको प्रभाव फिल्मको शोज वितरणमा देखिएको अनुमान छ । निर्माता रोहित अधिकारीका अनुसार यो फिल्म बिहीवार नेपालसहित विश्वभर एकसाथ रिलिज तयारीमा छ ।

फेन्टासी ड्रामा जनरामा बनेको यो फिल्मलाई ट्रेलरको हाइप, अनमोल केसीको स्टारडमको साथ मिल्ने निर्माता अधिकारीको बुझाई छ । ‘प्रि-रिलिज प्रतिक्रिया हेर्दा हाम्रो फिल्मले एड्भान्स टिकट विक्रीमा राम्रो पर्फमेन्स गर्न सक्छ’ निर्माता अधिकारीले भने ।

निश्चल भन्छन्- अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय

फिल्म रिलिज नहुँदै निर्माता र निर्देशक निश्चल बस्नेतले ‘फर्की फर्की’को समीक्षा गरेका छन् । सोमबार बेलुका सामाजिक संजालमार्फत उनले फिल्मको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

उनी लेख्छन्- फर्की फर्की हेरियो । मज्जा आयो फिल्म हेरेर । रमाइलो टाइम लुप । सुयोग गुरुङ, कडा छ निर्देशन । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई ।’

अनमोल केसीसहित जसिता गुरुङको अभिनय रहेको यो फिल्मको अन्तर्राष्ट्रिय बुकिङ पनि खुलिसकेको छ । अष्ट्रेलिया, मध्यपूर्व र अमेरिकाको शो आउट भैसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?