+
+

संसदमा भइरहेका घटनाहरू सुखद् छैनन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १०:३५

८ जेठ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दु:खद भएको बताएका छन् ।

जनकपुरमा मंगलबार बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सांसदमा घटिरहेका घटना वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताए ।

‘संसदमा जुन किसिमका घटनाहरु घटिरहेका छन् । वास्तवमा ती घटनाहरू सुखद छैन । वार्ता र संवादबाट ती कुराहरुको समाधान खोज्नु पदर्छ,’ उनले भने ।

नेपालले आफ्नो दल उथलपुथलको राजनीतिमा नरहने समेत बताए । जसपा नेपाल विभाजति भएर विपक्षी गठबन्धनमा जाँदा समाजवादी मोर्चाको भविष्य के हुनेबारे दलहरुबीच बसेर छलफल गर्ने उनको भनाइ छ ।

यद्यपि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल केन्द्रमा विपक्षी गठबन्धनमा गएपनि अल्पमत मधेश सरकारमा एकीकृत समाजवादी छँदै छ । यसबारे भने नेपालले केही बताएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?