+
+

कर्तव्य ज्यान मुद्दामा २ वर्षदेखि फरार मिश्र पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते ११:५९

८ जेठ, काठमाडौं । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका ५८ वर्षीय राजु मिश्र २ वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ ६ गते गौरकै नेपाल–भारत सीमानाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी झलकप्रसाद शर्माले जानकारी दिए । पक्राउ परेका मिश्रलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको र अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको उनले बताए ।

मिश्रको समूहले २० पुस २०७८ मा २७ वर्षीय रोहितकुमार जैसवाललाई अपहरण गरेर हत्या गरेको आरोप प्रहरीले लगाएको छ । जैसवालको हत्या गरी जुटको बोरामा बाँधेर स्थानीय नन्दवारा पुलमा फालेको अवस्थामा उवस्थामा २ दिनपछि शव फेला परेको थियो ।

उक्त घटनामा राजुसहित उनकै छोरा विवेक मिश्र, लक्षराज चौहान, धीरज झा, राहुल यादव, इन्द्रजित सिंह र विक्रम सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?