+
+

हलिउड अभिनेत्री स्कारलेटको चेतावनीपछि च्याटजीपीटीले हटायो उनकै जस्तो सुनिने आवाज

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १३:२६

काठमाडौं । स्कारलेट जोहान्सन हलिउडकी चर्चित अभिनेत्री हुन् । सन् २०१८–०१९ मा उनी विश्वको सबैभन्दा धेरै कमाउने अभिनेत्री थिइन् । उनी धेरैपटक फोर्ब्स सेलिब्रेटीको १०० सूचीमा परेकी छन् ।

यी अभिनेत्रीबारे नयाँ अपडेट छ । उनले ओपनएआईको च्याटबोट च्याटजीपीटी–४० को लागि आफ्नो आवाजलाई दिन अस्वीकार गरेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार ओपनएआईले उक्त फिचरका लागि स्कारलेटसँग निकै मिल्दोजुल्दो आवाज प्रयोग गरेपछि उनले आफू अचम्मित र आक्रोशित भएको बताएकी छन् । स्काटरलेटका वकिलले पनि कम्पनीलाई उसको च्याटबट स्काईबाट आवाज हटाउन आग्रह गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग स्कारलेटले भनिन्, ‘गत सेप्टेम्बरमा मैले स्याम अल्टम्यानबाट प्रस्ताव पाएँ । उहाँ एआईका लागि मेरो आवाज चाहनुहुन्थ्यो । मेरो आवाजले प्रविधि र क्रिएटिभ कम्पनीबीचको दूरी घटाउने उनको बुझाइ थियो । साथै, मेरो आवाजले मानिसलाई सहज बनाउन सक्छ ।’

गत साता सार्वजनिक गरिएको यो च्याटबोटले प्रयोगकर्तासँग रियल–टाइम मौखिक संवाद गर्न सक्छ । यसबारे ओपनएआईले विज्ञप्ति जारी गदै कुनै पनि सेलिब्रेटीको मिमिक्री एआईले गर्नुहुँदैन भन्नेबारेमा आफूहरु सचेत रहेको बताएको छ । विवादपछि ओपनएआईले स्कारलेटको जस्तो सुनिने आवाज हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?