
फाइल तस्वीर
८ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ ।
उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
त्यसबाहेक पुनसँग एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उनले पार्टीको सम्पत्ति भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4